वीरगञ्ज भन्सारले ३५० सवारीसाधन लिलामी गर्दै, ४ हजार ४०० देखि बाइक, गाडीको कति ? (मूल्यसहित)

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले ३५० बढी  गाडी र मोटरसाइकल लिलामीमार्फत विक्री गर्ने भएको छ ।

भन्सार कार्यालयले विगत ४ वर्षदेखि चोरी पैठारी, कर छली गरेर ल्याएका विभिन्न सवारी तथा ढुवानीका साधन, तीनपांग्रे सवारी र मोटरसाइकल गरी ३५० थान बढी सवारीसाधन लिलामी गर्न लागेको हो ।

 

इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम समेत एभरेष्ट बैंकको भन्सार क्षेत्र वीरगञ्जमा जम्मा गर्नुपर्नेछ ।

भन्सारले मोटरसाइकलको मूल्य माेडल अनुसार न्यूनतम १५ हजार रुपैयाँदेखि तोकेको छ भने गाडीको २ लाखदेखि रहेको छ ।

 

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोग गर्ने सम्झौता Read Previous

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोग गर्ने सम्झौता

मझगाउँ विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने, सहजीकरण गर्न आग्रह Read Next

मझगाउँ विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने, सहजीकरण गर्न आग्रह