निगमले अढाई वर्षपछि बुझायो किस्ता, दुई संस्थालाई तिर्‍यो १ अर्ब ३५ करोड ऋण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करिब साढे २ वर्षपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ता बुझाएको छ ।निगमले दुई संस्थालाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापत १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको गरेको हो ।

त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमकी प्रवक्ता अर्चना खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको थियो ।

ग्वार्खो ‘फ्लाइ ओभर’को डिजाइन स्वीकृतिका लागि पेश, भदौदेखि निमार्ण थालिने Read Previous

ग्वार्खो ‘फ्लाइ ओभर’को डिजाइन स्वीकृतिका लागि पेश, भदौदेखि निमार्ण थालिने

निफ्राको नाफा २२.५३ प्रतिशतले बढ्यो, यस्ता छन् मुख्य वित्तीय सूचक Read Next

निफ्राको नाफा २२.५३ प्रतिशतले बढ्यो, यस्ता छन् मुख्य वित्तीय सूचक