काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंकलाई कारबाही गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासम गरिएको गैर स्थलगत सुपरीवेक्षणको आधारमा राष्ट्र बैंकले कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई कारबाही गरेको हो ।
दुवै बैंकले तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरेकोले भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो । दुवै बैंकलाई राष्ट्र बैंकले नगद जरिवाना समेत तिराएको छ ।
राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३५६.७८ रुपैयाँ र अर्को पटक २ हजार १६३.२६ रुपैयाँ नगद जरिवाना तिराएको हो । त्यस्तै, सिन्धु विकास बैंकलाई १७५.४६ रुपैयाँ जरिवाना गरेको छ ।