सानिमा बैंकको २५ लाख कित्ता प्रमोटर सेयर विक्रीमा आयो, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं। सानिमा बैंकको २५ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर विक्रीमा आएको छ । बैंकको सेयरधनी डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन नदिएपछि सर्वसाधरणका लागि आवेदन खुला गरिएको हो ।

उक्त सेयरमा अब बैंक्का विद्यमान संस्थापक सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि दिन सक्नेछन्। लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै, सेयरको भाउ न्यूनतम २०० रुपैयाँभन्दा घटाउन पाइने छैन् ।

संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन २ गतेदेखि १५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

नेपालमै पहिलोपटक नागढुंगामा ‘भेहिकल स्क्यानिङ मेसिन’ जडान गरिँदै Read Previous

नेपालमै पहिलोपटक नागढुंगामा ‘भेहिकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

भारतले २८ महिनामै बनायो २९६ किमी लामो विश्वस्तरको द्रुतमार्ग, १९ फ्लाइओभर र ३०० पुल निर्माण Read Next

भारतले २८ महिनामै बनायो २९६ किमी लामो विश्वस्तरको द्रुतमार्ग, १९ फ्लाइओभर र ३०० पुल निर्माण