नेप्सेमा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस बापतको ४ लाख ८४ हजार ४१२.६० कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

कृषक पेन्सन : अझै संकलन भएन किसानकाे तथ्यांक, कार्यविधि बनाउने छैन सुरसार Read Previous

कृषक पेन्सन : अझै संकलन भएन किसानकाे तथ्यांक, कार्यविधि बनाउने छैन सुरसार

सुरक्षा कोषका योगदानकर्ताले ७५ लाखसम्म कर्जा पाउने Read Next

सुरक्षा कोषका योगदानकर्ताले ७५ लाखसम्म कर्जा पाउने