आयातमा थप कडाइ, गाडीसहित १० समूहका वस्तु ल्याउन प्रतिबन्ध (सूचीसहित)

काठमाडौं । सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा थप कडाइ गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि आयात प्रतिबन्ध लगाइएका वस्तुको सूचीमा थप वस्तु थप गरेको हो ।

मन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लम्ब्याएको हो । यसअघि वैशाख १४ गते लगाएको आयात प्रतिबन्ध अब भदौ १४ सम्म कायम रहने छ ।

सरकारले यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भएपनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।

गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो ।

यस्तो छ सूचना

 

आव २०७८/७९ बैंकिङ क्षेत्र : बिग मर्जरदेखि गभर्नर विवादसम्म, यस्ता छन् मुख्य घटना Read Previous

आव २०७८/७९ बैंकिङ क्षेत्र : बिग मर्जरदेखि गभर्नर विवादसम्म, यस्ता छन् मुख्य घटना

राप्ती हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

राप्ती हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन