जेठसम्म वाणिज्य बैंकले कमाए ६५ अर्ब नाफा, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले  करिब ६५ अर्ब खुद नाफा कमाएका छन् । तरलता अभावले सुस्त कर्जा प्रवाहका बावजुत ११ महिनामा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।

गत वर्षको तुलनामा वाणिज्य बैंकको नाफा ४.१५ प्रतिशत अर्थात २ अर्ब ५९ करोड रुपैयाँले बढेको छ । गत वर्षकाे साेही अवधिमा बैंकहरुले ६२ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

बैंकिङ प्रणालीमा तरलता अभाव, राष्ट्र बैंकको नीति लगायत कारणहरुले बैंकहरुको नाफामा केही संकुचन आएको आकलन छ । अघिल्ला आवमा २० देखि २५ प्रतिशतले खुद नाफा कमाइरहेका बैंकहरु यसवर्ष कर्जा लगानी गर्न नसक्दा सुस्ताएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ग्लोबल आइएमई र एनआइसी एसिया बैंक सबैभन्दा धेरै नाफा कमाउने शीर्ष स्थानमा छन् । यस अवधिमा ग्लोबल आइएमई बैंकले खुद नाफा ४ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी एनआइसी एसिया बैंकले ११ महिनामा ४ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । लामो समय नेपाली बैंकिङ क्षेत्रमा लिड गदै आएको नबिल बैंक चौथो स्थानमा सिमित भएको छ ।

यस बैंकलाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पछि पादै तेस्रो स्थान लिन सफल भएको छ । नबिल बैंकले जेठ मसान्तसम्म खुद नाफा ३ अर्ब ८२ करोड रुपैयाँ कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ९२ करोड पुगेको छ ।

संञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये २ बैंकले ४ अर्ब, ५ बैंकले ३ अर्ब, ७ ले २ अर्ब र बाँकी बैंकहरुले १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् ।

सबैभन्दा कम सिभिल बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने बैंक अफ काठमान्डूले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नवीकरण नभएका कम्पनीको ९५% जरिवाना छुट, अब ५% जरिवाना तिरे नवीकरण Read Previous

नवीकरण नभएका कम्पनीको ९५% जरिवाना छुट, अब ५% जरिवाना तिरे नवीकरण

ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स'बाट सम्मानित Read Next

ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स'बाट सम्मानित