संसदमा ‘एम अधिकारी’को चर्चा, गभर्नरलाई ब्यंग्यदेखि छानबिनसम्मको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा एा अधिकारीके विषले प्रवेश पाएको छ । सांसदहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् ।

उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरिन्। एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।

त्यसैगरी, कांग्रेसका सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए । ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई सहयोग पनि भएन । यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ । भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो । आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन् । किन कारबाही नगर्ने ?’

त्यस्तै, कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गभर्नर अधिकारीप्रति प्रश्न गरेका छन् । उनले बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिने क्रममा थापाले गभर्नरमाथि प्रश्न उठाएका हुन् ।

‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिहरूलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले राष्ट्र बैंकलाई सुझाव दिए, ‘परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’

उनले सेयर बजारबारे राष्ट्र बैंकले ल्याएको नीति गलत भएको र ठूला लगानीकर्तालाई पोस्नका लागि सानालाई पेल्ने नीति लिएको बताए ।
‘सेयर बजारमा सुधार गर्ने भनेर नीति ल्याइयो । यसले ठूलालाई पोस्ने, सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि नेपाली जनताले अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, हटाइएन, बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लागानीकर्ताहरू सडकमा आइपुग्छन्,’ उनले भने ।

यसरी राष्ट्र बैंकलाई सुझाव दिएका सांसद थापाले गभर्नरमाथि भने प्रश्न उठाएका छन् । उनले भने, ‘मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम। अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु ।’

मर्जरको हल्लाले सिभिल बैंकको सेयरमा उच्च आकर्षण, कति पुग्यो भाउ ? Read Previous

मर्जरको हल्लाले सिभिल बैंकको सेयरमा उच्च आकर्षण, कति पुग्यो भाउ ?

३ जना अट्ने अटो-रिक्सामा २७ जना चढेपिछ...(भिडियोसहित) Read Next

३ जना अट्ने अटो-रिक्सामा २७ जना चढेपिछ...(भिडियोसहित)