काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अनलाइन प्रणाली टीएमएसले सही तथ्यांक नदेखाएको पाइएको छ ।
सोमबार (१२ः५० बजेसम्म)नेप्सेको टीएमएसमा प्रोग्रेसिभ फानान्सको नेप्सेमा सूचीकृत भएको सेयर संख्याभन्दा १० गुणा बढी सेयर विक्रीमा देखाएको हो ।
नेप्सेमा फाइनान्सको जम्मा ८५ लाख ६१ हजार ७० कित्ता सेयर सूचीकृत छ । सोमध्ये सर्वसाधरणको हिस्सा ४१ लाख ९४ हजार ९२४ कित्ता छ । सोमध्ये पनि सबै सेयर विक्रीमा आउँदैनन् ।
तर, सोमबार नेप्सेको टीएमएसमा ४ अर्ब २९ करोड बढी कित्ता सेयर विक्रीमा देखाएको छ । यो फाइनान्सको सूचीकृत सेयरभन्दा ५०१ गुणा बढी हो ।
पटकपटक यस्ता प्राविधिक समस्या आइरहने गरेको भए पनि नेप्सेले दीर्घकालीन समाधान गर्न सकेको छैन । टीएमएसको सिस्टममा कहिलेकहीँ समस्या देखा पर्ने र समाधान गर्ने गरेको नेप्सेले जनाएको छ ।