काठमाडौं । चालु आर्थिक वर्ष सकिन लागेसँगै सरकारले खर्चको गति ह्वात्तै बढाएको छ । शनिबार एकै दिन साढे २५ अर्ब बढी निकाशा भएको हो ।
शनिबार प्राय सरकारले भुक्तानी नदिने गरे पनि महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गरी कोष तथा लेखा नियन्त्रकलाई भुक्तानी दिन निर्णय गरेको थियो। सोही अनुसार शनिबार सरकारी खाताबाट २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रकका अनुसार शनिबार चालु खर्च अन्तर्गत १० अर्ब ५८ करोड र पूँजीगत खर्च अन्तर्गत १४ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यस अघि काम सम्पन्न भएका तर, विभिन्न प्रक्रिया नपुगेका कारण भुक्तानी नभएको बिलहरुको समेत भुक्तानी गर्दा एकैदिन ठूलो रकम निकासा भएको हो ।
अब सरकारले नयाँ आर्थिक वर्ष नलागेसम्म अति जरुरी बाहेक अन्य भुक्तानी रोक्नेछ।
