सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिका वासिन्दाहरुका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा एनआइबीएल एस क्यापिटल लिमिटेड, काठमाडौं, प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा र कामना सेवा विकास बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

'रेमिट्यान्स र बैंकको कर्जाले बढायो व्यापार घाटा' Read Next

'रेमिट्यान्स र बैंकको कर्जाले बढायो व्यापार घाटा'