कच्चा तेलको मूल्य २ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीन महिना यताकै सस्तो भएको छ । विश्वव्यापी आर्थिक मन्दी आउने प्रक्षेपण र हल्लाका कारण कच्चा तेलको मूल्य ओरालो लागेको हो ।

गत फेब्रुअरीमा रुस युक्रेन युद्ध सुरु भएसँगै आकाशिएको कच्चा तेलको भाउ पछिल्लो दुई महिना यता ओरालो लागेको हो ।

फेब्रुअरी अन्तिममा प्रतिब्यारेल १४० डलरसम्म पुगेको ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार १०० डलरमा झरेको छ । यो पछिल्लो २ महिना यताकै सस्तो हो । मेपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो।

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ आकाशिएको थियो । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्उ उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

पछिल्लो एक महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले प्रक्षेपण गरेको छ ।

दोर्दी-१ जलविद्युत् आयोजनाको निर्माण ९९ प्रतिशत सम्पन्न Read Previous

दोर्दी-१ जलविद्युत् आयोजनाको निर्माण ९९ प्रतिशत सम्पन्न

सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सिबिफिनको सुझाव Read Next

सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सिबिफिनको सुझाव