अर्थमन्त्रीको राजीनामाले लगानीकर्ता भएनन् उत्साहित, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले सेयर लगानीकर्ता उत्सातिहत भएको देखिएन । लगानीकर्ताले शर्मालाई सेयर बजार विरोधी अर्थमन्त्रीको रुपमा बुझ्दै आएका थिए भने उनको राजीनामा समेत मागेका थिए ।

तर, अर्थमन्त्री शर्माले राजीनामा दिए पनि सेयर बजारमा भने सकारात्मक असर परेन । शर्माको राजीनामापछि बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँ बराबरको ४७ लाख ११ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.४३ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, होटल, विकास बैंक र जीवन बीमा समूह्को परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण काबेली र शिवम् सिमेन्टको ६/६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज समिट लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.२० प्रतिशत गुमाएका छन् । त्यसैगरी, लिबर्टी इनर्जी ५, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ४.९३, नयाँ सारथी लघुवित्त, गुराँस लघुवित्त, युनाइटेड इन्स्योरेन्स, प्रभु लाइफ र शिव श्री हाइड्रोपावरका सेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् ।

खानामा सौखिन नेपाली, विदेशबाट ल्याएर खाए १.३० अर्बको 'सी फूड' Read Previous

खानामा सौखिन नेपाली, विदेशबाट ल्याएर खाए १.३० अर्बको 'सी फूड'

अब भैरहवाका उद्योगलाई मागेजति बिजुली दिन सकिने, १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा Read Next

अब भैरहवाका उद्योगलाई मागेजति बिजुली दिन सकिने, १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा