३ दिन नबिल र बंगलादेश बैंकको बैंकिङ सेवा बन्द हुने

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको बैंकिङ सेवा असार २४ गते शुक्रबारदेखि ३ दिनका लागि बन्द हुने भएको छ ।

असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्न दुवै बैंकको सबै तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नुपर्ने भएकाले असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि २७ गते सोमबार बिहान कार्यालय समय अघिसम्म बैंकिङ सेवा बन्द रहने नबिल बैंकले जनाएको छ।

शनिबार सार्वजनिक बिदाको दिन संचालन हुने सम्पूर्ण काउन्टर (३६५ दिन बैंकिङ) पनि बन्द रहने बैंकले जनाएको छ । तर, उक्त अवधिमा नबिल र बंगलादेश बैंकको क्रेडिङ/प्रिपेड कार्ड भने संचालनमा रहने छ।

यस्तै, साविक बंगलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गरिने जानकारी पनि नबिल बैंकले जनाएको छ। बंगलादेश बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डहरु असार २७ गते बिहान कार्यालय समय पछि संचालनमा आउनेछ।

बंगलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गरी नयाँ कार्ड उपलब्ध गराउने तयारी नबिल बैंकको छ।

काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट Read Previous

काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

काठमाडौंको सडकमा जलयात्राको झल्को ! Read Next

काठमाडौंको सडकमा जलयात्राको झल्को !