काठमाडौं । हालै आइपीओ जारी गरेको सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् ।
दुई लघुवित्त बीच बुधबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई लघुवित्तको सेयर स्वाप रेसियो भने सम्पति तथा दायित्व मूल्यांकन (डीडीए)पछि मात्र तय हुने जनाइएको छ ।
धौलागिरी लघुवित्तसँगको मर्जर भाँडिएर नेपाल राष्ट्र बैंकको काराबाहीमा परेको आँधीखोला लघुवित्त अर्को कुनै लघुवित्तसँग मर्जरमा जानु पर्ने बाध्यतामा थियो ।
स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने बाग्लुङमा केन्द्रीय कार्यालय रहेको सीवाइसीको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ ।
मर्जरमा जाने सम्झौता भएसँगै दुवै लघुवित्तको सेयर कारोबार रोकिएको छ । झन्डै ३ वर्षपछि जेठ २७ गतेदेखि सेयर कारोबार फुकुवा भएके आँधीखोलाको सेयर कारोबार एक महिना नबित्दै पुनः रोक्का भएको हो ।