नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । यस साताको पछिल्ला दुई दिनमा ५५ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

बुधबार नेप्से १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्प ७०० रुपैयाँ बराबरको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंक, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको पौने १२ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशनको साढे ११ करोड र सिभिल बैंकको १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ भने सीवाइसी नेपाल लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, तेह्रथुम पावर ७.७८, सिभिल बैंक ७, रिलायन्स फाइनान्स ६.४२, इमर्जिङ नेपाल ६.१६, कालिका पावर ५.०३, श्री इन्भेष्टमेन्ट, अपर तामाकोशी, छ्याङ्दी र युनाटेड मोदी हाइडोपावरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

प्रसारण लाइन निमार्णमा वर्षौंदेखिको अवरोध हटाउने सर्वोच्चका दुई महत्वपूर्ण फैसला Read Previous

प्रसारण लाइन निमार्णमा वर्षौंदेखिको अवरोध हटाउने सर्वोच्चका दुई महत्वपूर्ण फैसला

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने Read Next

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने