काठमाडौं । साताको पहिलो दिन उकालो लागेको सेयर बजार दोस्रो दिनदेखि ओरालो लाग्नेक्रम जारी छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो । आज नेप्से ४६.०८ अंकले घटेर पसिूचक २०३०.२३ को विन्दुमा झरेकोे छ ।
यसअघि सोमबार सेयर बजार ९.७५ अंकले घटेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.७१ अंकले घटेर ३८७.२३ मा पुगेको छ ।
आज ४९ हजार ४१६ पटकको सेयर कारोबारमा २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको नेप्सले जनाएको छ । यसदिन २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । यसदिन सबैभन्दा धेरै गुमाउनेमा ट्रेडिङ समूहका लगानीकर्ता रहेका छन् । यस समूहको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ । यसैगरी, अन्य समूहको ३.८३ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
आज सबैभन्दा धेरैं सेयर कारोबार हुनेमा सानिमा बैंक रहेको छ । यस कम्पनीको प्रमोटर सेयर ३० करोड बढीको किनबेच भएको छ । अरुण कावेली पावरको ११ करोड बढी रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यसैगरी, शिवम् सिमेन्ट र हिमालयन डिष्ट्रिलरीको १०,१० करोड बढीको सेयर कारोबार भएको छ । र अपर तामाकोसी हाइड्रोपावरको ८ करोड बढी रुपैयाँ बराबरको सेयर कारोबार हुँदै शिर्ष ५ कम्पनीमा रहे ।
घटेको बजारमा पनि तीन कम्पनीका लगानीकर्ताहरु लाभान्वित भएका छन् । यसदिन सबैभनदा धेरै सिवाइसी लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले १० प्रतिशत बढीले कमाएका छन् भने न्यादी ग्रुप पावर र आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९ प्रतिशत बढीले कमाएका छन् ।
यसदिन सबैभन्दा धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य ६.६० प्रतिशतले घटेकोसँगै यस कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका हुन् ।