काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ ।
ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सन्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा स्थानीय व्यावसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बंैकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
हालसम्म एभरेष्ट बैंकका देशभर करिब १२ लाख ग्रहाकहरु रहेका छन । यसैगरी, ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, ५० एटिएम तथा विश्वव्यापी रुपमा नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिइरहेको जनाएको छ ।