सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ ।

उक्त एटियमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे । एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म रु. ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटियमसहित एटिएम संख्या ९९ पुगेको छ ।

चेरी टिग्गो ७ प्रो नेपालमा लन्च, कति पर्छ मुल्य ? Read Previous

चेरी टिग्गो ७ प्रो नेपालमा लन्च, कति पर्छ मुल्य ?

रात्री बेसअनुसार एयरलाइन्सले थाले पूर्ण क्षमतामा उडान Read Next

रात्री बेसअनुसार एयरलाइन्सले थाले पूर्ण क्षमतामा उडान