सेयर बजार ७२ अंक बढ्यो, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार ४१.३९ अंकले बढेको नेप्से परिसूचकमा बिहिबार हरियाली छाएको हो । यसअघि साताको पहिलो दिन ९४ अंकले बढेको नेप्से  दोस्रो र तेस्रो दिन भने ओरालो लागेको थियो ।

आज ७२.१८ अंकले बढेर २०३४.८९ को बिन्दुमा रोकिएको हो । यसदिन २२७ कम्पनीको ४५ हजार ८८५ पटकको कारोबारमा ७० लाख ३० हजार ९५४ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार बिहिबार २ अर्ब ३८ करोड ४९ लाख ९० हजार १५५ रुपैयाँ बराबरको सेयर कारोबर भएको छ  । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ताले कमाएका छन् ।

यस समूहको ७.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । फाइनान्स समूहको ६.६६ प्रतिशतले सेयर मूल्य बढेको छ भने विकास बैंक, अन्य समूहका लगानीकर्ताले ५ प्रतिशतले बढीले कमाएका छन् ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । यस कम्पनीको ९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसैगरी, हिमालयन डिष्ट्र्रीलरीको ७ करोड ९७ लाख, एसियन लाईफ इन्स्योरेन्सको ६ करोड,अरुण कावेली पावर र लाईफ इनस्योरेन्स कर्पोरेसन नेपालको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स,मैलुङखोला जलविद्युत कम्पनी र न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

आँधी खोला लघुवित्त वित्तीय संस्था,सिवाइसी लघुवित्त वित्तीय संस्था र सुर्योदय ओमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्य .८९ प्रतिशतले घटेको छ ।

 

महाकाली सन्धिको अढाइ दशकः सिँचाइ आयोजनामा पानी,पश्चेश्वर जलविद्युतको डिपिआर पनि बनेन Read Previous

महाकाली सन्धिको अढाइ दशकः सिँचाइ आयोजनामा पानी,पश्चेश्वर जलविद्युतको डिपिआर पनि बनेन

उपत्यकाका तीन फ्लाईओभरको बन्यो डिजाइन Read Next

उपत्यकाका तीन फ्लाईओभरको बन्यो डिजाइन