अपर हेवाखोला हाइड्रोपावरले आइपीओ निष्कासन गदै, कहिले खुल्छ आवेदन ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले असार २४ गतेदेखि साधारण सेयर (आईपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँको दरले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

 

मंगलबार सूचना जारी गदै १५ लाख कित्तामध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरिएको ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको कम्पनीले जनाउको छ ।

 

बाँँकी १३ लाख ९५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले सर्वसाधारणहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आईपीओको आवेदन दिन सक्ने जनाएको छ ।

 

कम्पनीको आइपीओ छिटोमा असार २८ गते र ढिलोमा भदौ ६ गतेसम्म आईपीओ निष्काशन गर्नेछ ।

हवाई उडान प्रभावित Read Previous

हवाई उडान प्रभावित

पाल्पा – बुटवल सडक अवरुद्ध Read Next

पाल्पा – बुटवल सडक अवरुद्ध