सूर्या लाइफ र ज्योति लाइफबिच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इनस्योरेन्स कम्प्नीले मर्जरका लागि सम्झौता गरेका छन् । आइतबार दुई कम्पनीबीच मर्जरका लागि सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।

 

मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए ।

 

चुक्ता पूँजी वृद्धि गर्ने बीमा समितिको निर्णयसँगै कम्पनीहरु मर्जरमा जान थालेका छन् । समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आगामी आवको चैत मसान्तसम्म ५ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

 

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने Read Previous

वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

रसुवागढी हाइड्रोपावरको आइपिओ खुला Read Next

रसुवागढी हाइड्रोपावरको आइपिओ खुला