नेपालगंज-सुर्खेत सडकखण्डमा सुरुङ निर्माणको काम सुरु

काठमाडौं । नेपालगंजबाट सुर्खेत जाने बबई-छिन्चु सडकखण्डमा बन्ने सुरुङ मार्गको अध्ययन चाँडै सुरु हुने भएको छ । सुरुङ निर्माणको सम्झौता पछि साउन/भदौमा सम्भाव्यता अध्ययन सुरु गरिने सडक विभाग अन्तर्गत रहेको गुणस्तर अनुसन्धान विकास केन्द्रले जनाएको छ ।

 

केन्द्रका सिनियर डिभिजन इन्जिनियर सौरभ बज्रचार्यले असारसम्म सम्झौता भएर भदौ तिर सम्भाव्यक्ता अध्ययन सुरु गरिने बताए । उनले असार २२ गतेसम्म सम्झौता भइसकन्ने र साउन/भदौबाट सर्भे गरिने जानकारी दिए । सर्भेका लागि ४ महिना हाराहारी समय लाग्ने विभागको अनुमान छ ।

 

यो सुरुङको अध्ययन गर्ने ठेक्का ईआरएमसी-स्लेट जेभीले पाएको छ । उक्त कम्पनीलाई १५ दिनभित्र सम्झौताका लागि आउन आवहान गरिएको छ ।

 

‘सम्झौता गर्न बोलाएका छाैँ, २२ गतेसम्म सम्झौता हुने छ, त्यसपछि सम्भाव्यता अध्ययन सुरु हुन्छ,’ सिनियर डिभिजन इन्जिनियर बज्रचार्यले चाणक्य पोष्टसँग भने ।

 

बज्रचार्यका अनुसार ईआरएमसी-स्लेट जेभीले अध्ययन मात्र गर्ने छ । त्यसपछिको डिजाइनका लागि परामर्शदाता नेपाली कम्पनी नै छनोट गरिने छ । विभागले बबई–छिन्चु सडक सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पुसमै परामर्शदाताका लागि ठेक्का आह्वान गरिएको थियो ।

 

सम्भाव्यता अध्ययन गर्न भनेर ६ वटा परामर्शदाता प्राविधिक रुपमा छनोट भएका थिए । ईआरएमसी-स्लेट जेभी, जिइसी-युनिटस्इ-पीस्न्टर जेभी, एचसीइ-साखुवा–ग्रान्ड जेभी, आइटीइको-टीएमएस-रेज जेभी, सिल्ट-बिडिए-क्वीस्ट जेभी र सितारा-इआइएम-इन्जिनियरको घर जेभी लगायतका कम्पनीहरु प्राविधिक रुपमा छनोट भएका थिए ।

 

आर्थिक प्रस्ताव पेश गर्ने मध्य ईआरएमसी-स्लेट जेभी छनोट भएको हो ।

 

चालु वर्ष बबइऔछिन्चु सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सरकारले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नेपालगन्ज-सुर्खेत जोड्ने सडक रत्न राजमार्गमा पर्ने बबई–छिन्चु सुरुङको सम्भाव्यक्ता अध्ययनका लागि ४औ५ महिना समय लाग्ने छ ।

 

सम्भाव्यता अध्ययन भएपछि मात्रै सुरुङमार्ग कहाँ बन्ने र कति लगानीमा बन्ने विषय स्पष्ट हुनेछ । यो अध्ययन पुरा भएपछि यसको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार पारिने बज्रचार्यले बताए ।

पृथ्वीराजमार्ग पुनः अवरुद्ध Read Previous

पृथ्वीराजमार्ग पुनः अवरुद्ध

नेपाल, भारत र साउथ अफ्रिकामा एकै पटक सार्वजनिक हुँदै नयाँ स्कर्पियो Read Next

नेपाल, भारत र साउथ अफ्रिकामा एकै पटक सार्वजनिक हुँदै नयाँ स्कर्पियो