पृथ्वीराजमार्ग पुनः अवरुद्ध

चितवनैं । पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

 

चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

 

सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

 

उनका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडकः म्याद सकिन केही समय बाँकी, प्रगति १८ प्रतिशत मात्रै Read Previous

नारायणगढ–बुटवल सडकः म्याद सकिन केही समय बाँकी, प्रगति १८ प्रतिशत मात्रै

नेपालगंज-सुर्खेत सडकखण्डमा सुरुङ निर्माणको काम सुरु Read Next

नेपालगंज-सुर्खेत सडकखण्डमा सुरुङ निर्माणको काम सुरु