काठमाडौंमा रेल चलाउने बालेनको पनि रहर

Advertisement Section

काठमाडौं । काठमाडौं महानगरपालीकाले आगामी आर्थिक वर्षमा मेट्रो रेलको सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिने भएको छ । हिजो सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा मेट्रो रेल सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको हो ।

 

महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा मेट्रो रेल सम्भाव्यता अध्ययनलाई समेत समाबेस गरेको बताएकी हुन् ।

 

यसअघि उपत्यका भित्र मेट्रो रेल ल्याउन ५ वटा लाइन सर्भे भएको थियो । एउटा लाइनको सातदोबाटो, रत्नपार्क, नारायण गोपाल चोकमा मेट्रो रेल गुडाउनका लागि डिपिआर, डिटेल डिजाइनको काम अघि बढाउन परामर्शदाता छनोटको प्रकृया समेत अघि बढाइएको थियो ।

 

पाँच वटा लाइनमा निर्माणको अध्ययन भएको भए पनि सातदोबाटो, रत्नपार्क, नारायण गोपाल चोकसम्मका लागि अध्ययन गर्ने तयारी भए पनि त्यो अघि बढ्न सकेको थिएन ।

 

सन् २०१२ मा तयार भएको रिपोर्ट अनुसार मेट्रो रेल निर्माण प्रति किलोमिटर ३ अर्ब खर्च हुने अनुमान गरिएको थियो । मेट्रो रेल कुल ७८ किलोमिटर लामो बनाउने प्रारम्भीक अध्ययन भएको थियो ।

 

हाल यस योजनाको प्रारम्भीक अध्ययन भएको १० वर्ष वितिसकेको छ । त्यतिबोला बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोड लगानीको प्रस्ताव समेत आएको थियो ।

 

लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो । बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको थियो ।

 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि समिति नै बनाएर अध्ययन गर्न निर्देशन दिइएको थिए । तर, अपेक्षितरुपमा काम अघि बढ्न सकेको थिएन ।

 

मेट्रो रेलको योजना

 

लगानी बोर्डले तयार पारेको परियोजना अध्ययन प्रतिवेदनअनुसार काठमाडौं मेट्रो रेलको रेल्वे लाइन २ रुट भूमिगत (अण्डर ग्राउण्ड) र बाँकी तीनमा जमीनमाथि नै हुने भनिएको थियो ।

 

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकसम्मको १२.१० किलो मिटरको रुटमा चढ्ने ओराल्ने ११ स्टेशन प्रस्ताव गरिएको थियो । यो रेल्वेलाइन जमीनमाथि नै बनाइने प्रतिवेदनमा उल्लेख छ ।

 

यस्तै किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११.५ किलोमिटरको जमीनमाथिको रुटमा ९ वटा स्टेशन बनाइने प्रारम्भीक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

 

यस्तै जमीनमाथि नै बन्ने कोटेश्वर–चावहील–स्वयंम्भूनाथ–कोटेश्वरसम्मको २८ किलोमिटरको रुटमा १७ वटा चढ्ने–ओर्लनले स्टेशन प्रस्ताव गरिएको थियो ।

 

स्वयंम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म बन्ने ११.७० किलोमिटर र धोबिघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्मको १३. ८० किलोमिटरको अण्डरग्राउड रुटमा १०/१० वटा स्टेशन बनाइने प्रस्ताव आएको थियो ।

 

यसरी मेट्रो रेल बनाउदा कूल ५७ वटा आधुनिक स्टेशन र २ वटा टर्मिनल बन्ने प्रतिवेदनमा उल्लेख छ ।

 

प्रत्येक स्टेशनमा यात्रुको सहजताका लागि रेल आउने जाने समयतालिका र अन्य जानकारी दिनेगरी ‘रियलटाइम इन्फरमेसन डिस्प्ले’ राखिनेछ । यो मेट्रो रेल २ तर्फी हुनेछ ।

 

यो रेल्वे २० घण्टा सञ्लान गर्ने योजना सरकारले गरेको छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक १ लाख १९ हजार जना बढी यात्रु ओहोर दोहोर गर्ने अनुमान गरिएको थियो ।

Advertisement Section
बाहिरी चक्रपथबारे १५ दिनभित्र जानकारी गराउन शहरी विकास मन्त्रालयलाई निर्देशन Read Previous

बाहिरी चक्रपथबारे १५ दिनभित्र जानकारी गराउन शहरी विकास मन्त्रालयलाई निर्देशन

सरकारले घटायाे प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर Read Next

सरकारले घटायाे प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर