एनएमबी बैंकका ग्राहाकलाई धनगढीको भाटभटेनीमा सामान किन्दा यस्तो छुट

काठमाडौं । धनगढीको भाटभटेनीमा सामान किन्दा एनएमबी बैंकका ग्राहाकहरुले केही छुटको सुविधा पाउने भएका छन् ।

 

बैंकले धनगढी स्थित केही समयअघी संञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटमा सामान किनेर (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १०% वा ५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको हो ।

 

यो योजना २६ जुन २०२२ देखि सिमित अवधिको लागी लागु हुने बैंकले जनाएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो ।

 

बैंकिङ क्षेत्रमा यस बैंकले डिजीटल प्रविधिको नयाँ प्रयोग गदै आएको छ । यसअघी एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक थियो ।

 

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरेको छ ।

हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु यस बैंकले सेवा दिइरहेको छ ।

पचास उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान Read Previous

पचास उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

राप्ती हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

राप्ती हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन