नेपाल पुनर्बीमा सहित ४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

 

नेप्सेमा मंगलबार नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको बोनस सेयरसूचीकृत भएको हो ।

 

नेप्सेमा एनएलजी इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर (१२ लाख ६ हजार ३१.०५ कित्ता), प्रभु इन्स्योरेन्सको ११ प्रतिशत (१२ लाख ७८ हजार ९२.५६ कित्ता) बोनस सेयर सूचीकृत भएके हो ।

 

त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको १६.५ प्रतिशत (१ करोड ६५ लाख कित्ता) र नेशनल हाइड्रोपावरको १८.५२ प्रतिशत (२५ लाख ६६ हजार ५७.४३ कित्ता) बोनस सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नेपालबाट निर्यात हुन्छ फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन Read Previous

नेपालबाट निर्यात हुन्छ फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन

'बल मिच्याइँ' गर्न नपाएपछि हवाई व्यवसायी सेवा बन्द गर्दै Read Next

'बल मिच्याइँ' गर्न नपाएपछि हवाई व्यवसायी सेवा बन्द गर्दै