थामिएन सेयर बजारको पहिरो : नेप्से डेढ वर्ष यताकै न्यून विन्दुमा, यी हुन् धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ३७ अंकले घटेको नेप्से आज ४९ अंकले घटेको छ । यस साताको दुई दिनमै नेप्से ८६ अंकले घटेको छ ।

 

सोमबार नेप्से ४९.३१ अंकले घटेर ११८८४.८१ विन्दुमा आइपुगेको छ । यो पछिल्लो डेढ वर्ष यताकै न्यून बिन्दु हो ।आज २३० कम्पनीको १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ ।

 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह पनि ४.१३ प्रतिशतले घटेको छ ।

 

आज प्रभु बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यसको पौने १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल टेलिकम पौने ११ करोड र हिमालयन डिस्ट्रीलरी साढे ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज तेह्रथुम पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

त्यसैगरी, कालिका पावर ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट बैंक ८.७९, माउन्टेन हाइड्रो ८.७०, सप्तकोशी विकास बैंक ८.६३, लिबर्टी इनर्जी ८.२६, दिव्यश्वरी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र युनिभर्सल पावरका सेयरधनीले ८ प्रतिशत गुमाएका छन् ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सीवाइसी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

नेप्सेमा भीषण पहिरो, ६ वर्ष अघिको उच्च विन्दुभन्दा पनि तल झर्‍यो Read Previous

नेप्सेमा भीषण पहिरो, ६ वर्ष अघिको उच्च विन्दुभन्दा पनि तल झर्‍यो

विदेशी एयरलाइन्सको रोजाइमा पर्दै गौतमबुद्ध विमानस्थल, थप २ कम्पनीेले उडान भर्दै Read Next

विदेशी एयरलाइन्सको रोजाइमा पर्दै गौतमबुद्ध विमानस्थल, थप २ कम्पनीेले उडान भर्दै