काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा काम पूरा नगर्ने कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ४ आयोजनाको ठेक्का सम्झौता रद्द गरिएको जानकारी गराएको हो ।
पटक पटक लिखित तथा मौखिक ताखेता गर्दा समेत तोकिएको अवधिभित्र कार्य पूरा नगरेको र कार्य प्रगति सन्तोषजनक नदेखिएको भन्दै प्राधिकरणले ती आयोजनाको ठेक्का रद्द गरेको हो ।
रद्द गरिएकोमा ३ वटा आयोजनामा काम गर्ने एउटै निर्माण व्यवसायी जनमुखी कन्स्ट्रक्सन–वाग्मती कंक्रिट जेभी ललितपुर रहेको छ । त्यस्तै निर्माण व्यवसायी युनिकर्न कन्स्ट्रक्सन प्रालि, काठमाडौंसँगको पनि ठेक्का सम्झौता प्राधिकरणले रद्द गरेको छ ।
