काठमाडौं । कतारको सरकारी स्वामित्वमा रहेको कतार एयरवेजको नाफामा ऐतिहासिक रेकर्ड बनेको छ । कम्पनीले आर्थिक वर्ष २०२१/२२ मा खुद नाफामा २०० प्रतिशत बढाउँदै ऐतिहासिक रेकर्ड बनाएको हो ।
आव २०२१/२२ मा कतार एयरवेजले १ अर्ब ५४ करोड डलर खुदा नाफा कमाएको छ । आफ्नो स्थापनाको २५ औं वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेश गरेको कतार एयरवेजले चालू आवमा २०० प्रतिशत नाफा कमाएर ऐतिहासिक रेकर्ड बनाएको छ ।
एयरलाइन्सका लागि सबैभन्दा अप्ठ्यारो परिस्थितिमा पनि कम्पनीले ऐतिहासिक रेकर्ड बनाउनुको श्रेय सफल रणनीतिलाई दिएको छ ।जसले ग्राहकको आवश्यकता र विकाशील बजार अवसरहरू साथै दक्षता र आफ्ना विश्वव्यापी कर्मचारीहरूको प्रतिबद्धतामा केन्द्रित रह्यो ।
यो नाफा कतार एयरवेस समूहका लागि मात्र नभई यो आर्थिक वर्षको नतिजा प्रकाशित गर्ने विश्वभरका सबै एयरलाइन्सको भएको बताएको छ ।
राजस्व गत आवको तुलनामा ७८ प्रतिशतले बढेर १४.४ बिलियन अमेरिकी डलर पुगेको हो । यो कोभिड अघिको आर्थिक वर्ष २०१९र२० भन्दा २ प्रतिशतले बढी हो ।
कतार एयरवेजको नेटवर्कको वृद्धि, बजार हिस्सामा भएको वृद्धि र लगातार दोस्रो आर्थिक वर्षमा उच्च इकाई राजस्वका कारण गत वर्षको तुलनामा यात्रु राजस्व २१० प्रतिशतले बढेको हो ।
चालु वर्षमा कतार एयरवेजले १ करोड ५० लाख यात्रु बोकेको छ, जुन गत वर्षको तुलनामा २१८ प्रतिशतले बढेको छ । -एजेन्सी