बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो साढे ३  बजे आइपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख  ३६ हजार  ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने  १६ लाख बढीकाे हात रित्तो भएको छ ।

 

कम्पनीले जेठ २० गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा १७ लाख ९१ हजार ८९५ जनालेजनाले आवेदन दिएका थिए । सोमध्ये  २ हजार ७३८  आवेदन रद्द भएको थियो भने रीतपूर्वक आवेदन दिएका १७ लाख ८९ हजार १५७  जनालाई गोलाप्रथामा समावेश गरिएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ ८.८ मेगावाट र रुदी ‘बी’ ६.६ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

 

 

मौलाउँदै कित्ताकाट, भूउपयोग नियमावलीले लगाउला लगाम ? Read Previous

मौलाउँदै कित्ताकाट, भूउपयोग नियमावलीले लगाउला लगाम ?

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन संचालनमा Read Next

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन संचालनमा