नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा कमब्याक भएको छ । गत बिहीबारदेखि लगातार ओरालो लागेको नेप्सेमा झन्डै १५० अंकको गिरावट पछि आज दोहोरो अंकले फर्केको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने झनै सुस्ताएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम २९ करोडले घटेर सवा १ अर्बभन्दा कममा सीमित भएको छ ।

 

बिहीबार नेप्से १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ बराबरको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा र लगानी बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।  अन्य समूह सबैभन्दा धेरै २.८१ प्रतिशतले बढेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनसीसी बैंकको १० करोड र सिभिल बैंकको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर र सामुदायिक लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, किसान लघुवित्त ७.६९, एनसीसी बैंक ६.६५, लिबर्टी इनर्जी ५.२९, सपोर्ट माइक्रोफाइनान्स ५.०२, माछापुच्छे बैंक ४.०६, ओरेन्ट होटलको सेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

 

अमेरिकामा ३० वर्षयताकै उच्च ब्याजदर वृद्धि, विश्वभरि यस्ता पर्न सक्छन् असर Read Previous

अमेरिकामा ३० वर्षयताकै उच्च ब्याजदर वृद्धि, विश्वभरि यस्ता पर्न सक्छन् असर

सरकारी ऋणको ग्राफ उकालो लाग्दै, कसरी गर्छ ‘पे ब्याक’ ? Read Next

सरकारी ऋणको ग्राफ उकालो लाग्दै, कसरी गर्छ ‘पे ब्याक’ ?