इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार रोक्का भएको छ ।

 

 

शुक्रबार (जेठ २७ गते) दुई बैंक बीच एकआपसमा मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

 

अब एकीकृत कारोबार नहुन्जेल दुवै बैंकको सेयर कारोबार रोक्का हुने छ । सम्भवतः असोज भित्रै एकीकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढाइने जनाइएको छ । मर्जरपछि दुवै बैंकको सेयर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट हुनेछ ।

 

हिमालयन बैंकसँग मर्जर भाँडिएपछि झन्डै १३ महिनापछि जेठ १६ गतेबाट इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा आएको थियो । कारोबारमा आएको दुई सातामै फेरि इन्भेष्टमेन्ट बैंकको कारोबार रोकिएको हो ।

रुस र चीन जोड्ने पुल संचालनमा, पश्चिमाको नाकाबन्दी खेपिरहेको रुसलाई राहत Read Previous

रुस र चीन जोड्ने पुल संचालनमा, पश्चिमाको नाकाबन्दी खेपिरहेको रुसलाई राहत

टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा Read Next

टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा