सीवाइसी लघुवित्तको आइपीओ सूचीकृत, पहिलो कारोबार नै १०३३ रुपैयाँमा खुल्ने !

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

नेप्सेमा लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता साधरण सेयर (आइपीओ) र संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता गरी कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । सेयर कारोबारका लागि नेप्सेले CYCL संकेत चिह्न प्रदान गरेको छ ।

 

लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यही रेञ्जको बीचमा लघुवित्तको सेयर कारोबार खुल्नेछ । यदि अधिकतम रेञ्जमा कारोबार खुलेमा पहिलो कारोबार नै प्रतिकित्ता १०३३.०८ रुपैयाँमा हुनेछ ।

पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’ कालोपत्र गरिँदै, २५ किमी दुरी छोट्याउने Read Previous

पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’ कालोपत्र गरिँदै, २५ किमी दुरी छोट्याउने

फोहोरबाट मोहर : धरान मोडल अपनाए काठमाडौंको फोहोरबाट ४ अर्ब आम्दानी हुने ! Read Next

फोहोरबाट मोहर : धरान मोडल अपनाए काठमाडौंको फोहोरबाट ४ अर्ब आम्दानी हुने !