सार्वजनिक गाडी भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ? (भाडादरसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । पेट्रोलियम पद्धार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।

 

सरकारले गत साता इन्धनको भाउ घटेसँगै जेठ २० गते गाडी भाडा पनि घटाएको थियो । सोभन्दा अघि सरकारले जेठ ११ गते गाडी भाडा बढाएको थियो ।

 

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको भाउ प्रतिलिटर १२ रुपैयाँ बढाएको थियो ।  विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनमा २.५ प्रतिशत भाडा बढाइएको हो ।

 

त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.३ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३.७ प्रतिशत भाडा बढाइएको छ ।

 

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

 

यस्तो छ पछिल्लो पटक बढेको भाडादर

 

यात्रु नहुँदा अढाइ महिनादेखि पाटनमा हवाई सेवा बन्द Read Previous

यात्रु नहुँदा अढाइ महिनादेखि पाटनमा हवाई सेवा बन्द

हिमालयन पावरको दोर्दीखोलाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने Read Next

हिमालयन पावरको दोर्दीखोलाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने