एचआइडीसीएलको सवा ३ करोड कित्ता सेयर लिलामीमा, आइपीओकै भाउमा किन्ने अवसर !

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले सवा ३ करोड कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

 

कम्पनीले असार ५ गतदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमार्फत विक्री गर्ने भएको हो । कम्पनीले २०७८ भदौ ५ गतेदेखि विक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सोमध्ये विक्री नभएको संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता सेयर अब लिलामीमार्फत बेच्न लागेको हो ।

 

लिलामीमा आउने उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले असार १९ गतेसम्म आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी मार्फत आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ नघटाई कम्तीमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।

 

त्यसैगरी, ग्लोबलको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी सेयर भर्न सकिने छ ।

पहिलोपटक निजी क्षेत्रको बिजुली निर्यात, ग्रीन भेन्चर्सको लिखु-४ बाट उत्पादित बिजुली भारतमा विक्री Read Previous

पहिलोपटक निजी क्षेत्रको बिजुली निर्यात, ग्रीन भेन्चर्सको लिखु-४ बाट उत्पादित बिजुली भारतमा विक्री

यात्रु नहुँदा अढाइ महिनादेखि पाटनमा हवाई सेवा बन्द Read Next

यात्रु नहुँदा अढाइ महिनादेखि पाटनमा हवाई सेवा बन्द