अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

 

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

 

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

 

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

१३ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक Read Previous

१३ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन Read Next

प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन