सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क इन्डक्शन चुलो दिने

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।

 

सरकारले काठमाडौँ बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो ।

 

केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म अनलाइनबाट आवेदन दिन माग गरेको छ ।

 

यसअघि गएको फागुन ९ गते समेत केन्द्रले सूचना जारी गर्दै विद्यार्थीसँग विद्युतीय चुलोका लागि आवेदन माग गरेको थियो । उक्त आवेदनमा माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।

समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै ४० मेगावाटको राहुघाट जलविद्युत् Read Previous

समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै ४० मेगावाटको राहुघाट जलविद्युत्

डेढ अर्बमा अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण तथा नियन्त्रण केन्द्र बन्दै, पुससम्म संचालनमा आउने Read Next

डेढ अर्बमा अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण तथा नियन्त्रण केन्द्र बन्दै, पुससम्म संचालनमा आउने