अब भदौ मसान्तसम्म कुनै बाहनामा सडक खन्न नपाइने, जबर्जस्ती खने कडा कारबाही

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहानामा सडक खन्न प्रतिबन्ध लगाउने भएको छ ।

 

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

 

वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरुलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिइने बताइएको छ ।

 

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ? Read Previous

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?

८ प्रतिशतको आर्थिक वृद्धि : सम्भव हुने लक्ष्य कि अति महत्वकांक्षा ? Read Next

८ प्रतिशतको आर्थिक वृद्धि : सम्भव हुने लक्ष्य कि अति महत्वकांक्षा ?