एनएमबी बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने सम्झौता

काठमाडौं । एनएमबी बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोष बीच कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

दुई संस्था बीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरूमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबी बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने छ ।

 

एनएमबीले दीगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिईरहेको छ ।

 

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरूको आधारमा आफ्नो हरित लगानी कार्य र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरू र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समेटेर तयार पारेको छ ।

 

‘एनएमबी नवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो । यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ । यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय सेवामा पहूँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्नुको साथै यो सम्झौता पश्चात बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस्त छौं ,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

 

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आइरहेकोे छ । बैंकले देशैभरी रहेका २०१ शाखाहरू, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत अत्याधुनिक एवं उच्चस्तरीय बंैकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

 

मुग्लिङ-पोखरा सडकको याम्पा-घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने Read Previous

मुग्लिङ-पोखरा सडकको याम्पा-घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द हुने

बजेटबाट कपडा उद्योगी निराश, भन्छन्-'स्वदेशी उद्योग संरक्षणमा सरकार उदासिन देखियो' Read Next

बजेटबाट कपडा उद्योगी निराश, भन्छन्-'स्वदेशी उद्योग संरक्षणमा सरकार उदासिन देखियो'