नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९८२.५९ कित्ता सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

२८ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ 'कोमा'मा Read Previous

२८ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ 'कोमा'मा

केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित) Read Next

केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)