किसान लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज (जेठ १९ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (जेठ २० गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा बोलाएको छ । कम्पनीको सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजे सुरु हुनेछ ।

 

प्रस्तावित लाभांश कम्पनीले साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति हुन्छ ? Read Previous

पुरानो विमान दुर्घटनामा पर्ने सम्भावना कति हुन्छ ?

तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द Read Next

तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द