काठमाडौं । काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणका लागि ठेक्का आह्वान भएको छ । ११ प्याकेजमा काम भइरहेको फास्ट ट्रयाकको २ प्याकेजको ठेक्का आह्वान भएको हो ।
आयोजनाले बुधबार एक सूचना जारी गर्दै प्याकेज (३५+३६० देखि ४१+००० सम्म ) र (४१+००० देखि ४९+८१८.८२ सम्म) को टेण्डर आह्वान गरेको हो ।
फाष्ट ट्रयाकको प्याकेज (४१+००० देखि ४९+८१८.८२ सम्म) मा पुल, एक्सप्रेस-वे सडक, डबल लेन क्यारिज-वे, ढलान स्थिरीकरण, इन्टरचेन्ज कार्यहरूको निर्माणका लागि ठेक्का आह्वान भएको हो।
ठेक्का पाउने कम्पनीले यस खण्डमा पर्ने पुलको डिजाइन र निर्माण गर्नुपर्ने हुन्छ । साथै, बक्स कल्भर्ट, भेहिकल ओभरपास र फुटपाथ पनि निर्माण निर्माण गर्नु पर्ने आयोजनाले जनाएको छ ।
यसैगरी, प्याकेज (३५+३६० ४१+००० सम्म) अन्तर्गतमा पर्ने पुल, डबल लेन क्यारिज-वे , एक्सप्रेस-वे, ढलान स्थिरीकरण, इन्टरचेन्ज कार्यहरूको निर्माणका लागि टेण्डर आह्वान गरिएको छ ।
यस प्याकेजमा ठेक्का पाउने कम्पनीले पनि पुल डिजाइनसहित निर्माण गर्नुपर्ने हुन्छ। साथै साथै, बक्स कल्भर्ट, भेहिकल ओभरपास र फुटपाथ पनि निर्माण निर्माण गर्नु पर्ने आयोजनाले जनाएको छ ।
यी दुवै प्याकेजको ठेक्कामा नेपाली र अन्तर्राष्ट्रिय आवेदन दिन सक्ने सक्नेछन्। उक्त टेण्डरमा आगामी असार ३१ गतेसम्म आवेदन दिनसक्नुपर्ने आयोजनाले जनाएको छ ।
