शिखर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा

काठमडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट लाभांश नदिने भएको छ ।

 

कम्पनी संचालक समितिको जेठ १७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन कम्पनीको संचित कोषमा रकम पर्याप्त भए पनि हाललाई गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

आगामी दिनमा कम्पनीको पूँजी पर्याप्तता कायम हुनेरनहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने तथा अन्य कम्पनीलाई मर्ज वा एक्वायर गर्नुपर्ने वातारण सिर्जना भएमा सोही बमोजिम निर्णय गर्नु उचित हुने भएकाले हाललाई लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

 

३० प्रतिशत हकप्रद जारी गरी कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० पुर्याइसकेको छ । बीमा समितिले आगामी २०७९ चैतभित्र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन निर्देश्न दिएको छ । सो अनुसार शिखरले अब २२ करोड चुक्ता पूँजी वृद्धि गर्नुपर्ने छ ।

 

बचतमा राष्ट्र बैंकले नै १२.५ प्रतिशत ब्याज दिने, न्यूनतम १० हजार लगानी गर्नुपर्ने Read Previous

बचतमा राष्ट्र बैंकले नै १२.५ प्रतिशत ब्याज दिने, न्यूनतम १० हजार लगानी गर्नुपर्ने

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै फर्कियो Read Next

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै फर्कियो