१३ महिनापछि कारोबारमा आएको इन्भेष्टमेन्ट बैंकको सेयरमा लगातार नेगेटिभ सर्किट, कतिमा झर्‍यो भाउ ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको छ । झन्डै १३ महिनापछि सोमबारदेखि कारोबारमा आएको बैंकको सेयर मूल्य लगातार दुई दिन १० प्रतिशतले घटेको हो ।

 

सोमबार ४०५ रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य दुई दिन १०/१० प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा आइपुगेको छ । दुई दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ७७ रुपैयाँ घटेको छ ।

 

लामो समय रोक्का भएर कारोबार खुलेको बैंकको सेयर बेच्नेको ओइरो लाग्दा खरिदकर्ता भने शून्यप्रायः छन् ।

 

२०७८ वैशाख ३० हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता गरेसँगै बैंकको सेयर कारोबार रोक्का भएको थियो । गत पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्टसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर भाँडिएको थियो ।

 

मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । इन्भेष्टमेन्टको साधरण सेयर कारोबारमा आए पनि प्रमोटर सेयर भने रोक्का नै छ । यस्तै, हिमालयनको सेयर भने कहिलेदेखि कारोबारमा आउँछ अझै टुंगो लागेको छैन ।

ऊर्जा ऋणपत्र निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक Read Previous

ऊर्जा ऋणपत्र निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

फेरि उकालो लाग्यो कच्चा तेलको मूल्य, एकसातामै १४ डलर बढ्यो Read Next

फेरि उकालो लाग्यो कच्चा तेलको मूल्य, एकसातामै १४ डलर बढ्यो