यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरिएका मुख्य ५ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेको छ ।राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिम समीक्षा सार्वजनिक गरेको हो ।

 

मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले कुनै नीतिगत परिवर्तन गरेको छैन भने अधिकांश पुरानै नीतिलाई निरन्तरता दिएको छ ।

 

कोभिड संक्रमणका कारण प्रभावित उद्योगको पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुनर्कर्जा सुविधाको विद्यमान नीतिलाई निरन्तरता दिएको छ।

 

यस्तै, विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ । यस्तै, सेयर लगानीकर्ताले ४/१२ को क्याप हटाउन माग गरे पनि राष्ट्र बैंकले कुनै परिवर्तन गरेको छैन ।

 

यस्ता छन् राष्ट्र बैंकले तेस्रो समीक्षामा गरेका मुख्य व्यवस्थाहरु

 

१. मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।

 

२. कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।

 

३. आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ ।

 

४. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ ।

 

५. मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइनेछ ।

 

बालेनले जितेको उपलक्ष्यमा १६ गते दिनभर ट्याक्सी फ्री ! Read Previous

बालेनले जितेको उपलक्ष्यमा १६ गते दिनभर ट्याक्सी फ्री !

हरेक बसमा सीसीटीभी र जीपीएस सिस्टम जडान गर्छौं  : नवनिर्वाचित मेयर साहको अन्तर्वार्ता Read Next

हरेक बसमा सीसीटीभी र जीपीएस सिस्टम जडान गर्छौं : नवनिर्वाचित मेयर साहको अन्तर्वार्ता