काठमाडौं । एनएमबी बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
प्रदेश १ को ताप्लेजुङ्गको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत् आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रालिद्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
यस आयोजनामा एनएमबी अगुवा बैंक रहेको छ भने सहवित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ ।
२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ जस मध्ये बैकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबीले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।