सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता लगातार दोहोरो अंकले घटेको नेप्से यस साता पहिलो कारोबार दिनमै उच्च अंकले घटेको हो ।

 

सूचक जस्तै आज कारोबार रकममा पनि सुधार आउन सकेन । गत साता औषतमा डेढ अर्ब हाराहारीमा कारोबार भएकोमा आज सवा १ अर्बमा सीमित भएको छ ।

 

सोमबार नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा आइपुगेको छ । यसदिन २२४ कम्पनीको १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर पौने ४ करोड र नेपाल लाइफ साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ । त्यसैगरी, वीन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।

 

घट्दो बजारमा आज गुँरास लघुवित्तका सेयरधनीले भने सबैभन्दा धेरै ६.२० प्रतिशत कमाएका छन् ।

११७ रुपैयाँमा किनेको पेट्रोल १८० मा बेच्दा पनि कसरी हुन्छ घाटा ? यस्तो छ हिसाब Read Previous

११७ रुपैयाँमा किनेको पेट्रोल १८० मा बेच्दा पनि कसरी हुन्छ घाटा ? यस्तो छ हिसाब

भैरहवामा जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै Read Next

भैरहवामा जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै