काठमाडौं । अपि पावर कम्पनीको साढे ४ लाख बढी कित्ता सेयर लिलामीमा आउने भएको छ ।
कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ सम्म १:०.३९३९ अनुपातमा जारी गरेको हकप्रद सेयरमध्ये नबिकेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद सेयर लिलामीम आउने भएको हो ।
कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सोमध्ये बाँकी रितपूर्वक आवेदन दिएका १ लाख १३ हजार १५३ जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको छ भने नबिकेको बाँकी सेयर लिलामीमा आउने भएको हो ।
यता, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर बापतको रकम जेठ ९ गतेदेखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ ।