नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगाता दोहोरो अंकको गिरावट आएको छ । बिहीबार २३ अंकले घटेको नेप्से आज १५ अंकले घटेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज जम्मा ९३ करोडको कारोबार भएको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम हो ।

 

शुक्रबार नेप्से १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा आइपुगेको छ । यसदिन २२३ कम्पनीको ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्टीलरी पौने ३ करोड र सांग्रिला डेभलपमेन्ट बैंकको प्रमोटर सेयर साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज तेह्रथुम पावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९४ प्रतिशतले घटेको छ । त्यसैगरी, प्रभु लाइफ, एनएमबी ५० र लुम्बिनी जनरलको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ भने सनराइज ब्लूचिप फण्ड, एशियन लाइफ, जनरल इन्स्योरेन्स, नयाँ सारथी लघुवित्त, जोशी हाइड्रोपावर र अजोड इन्स्योरेन्सको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आयातले खल्बल्याएको भुक्तानी सन्तुलन, ट्रयाकमा ल्याउन अझै चुनौती Read Previous

आयातले खल्बल्याएको भुक्तानी सन्तुलन, ट्रयाकमा ल्याउन अझै चुनौती

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन निर्माण पूरा, उच्च भोल्टेजको विद्युत प्रवाह गरिने Read Next

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन निर्माण पूरा, उच्च भोल्टेजको विद्युत प्रवाह गरिने